- असार ०७, २०८०
तस्विर : एआई
काठमाडाैं । सरकारले फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी पुस्ताले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ।
त्यो पुस्ताका युवा तथा बालबालिकाले सोमबार माइतीघर मण्डलमा बिहान ११ बजे विरोध प्रदर्शन गर्ने भएका हुन्।
यस विषयमा उनीहरूले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन्।
उनीहरूले सोमबार विद्यार्थी पोसाक लगाएर परिचय पत्रसहित माइतीघर मण्डलमा उपस्थित हुन आग्रह गरेका छन्।
देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन, रोजगारी सिर्जनालगायत काम हुनुपर्ने उनीहरूको माग छ।
उनीहरुले नेता सन्तानका महंगा जीवन शैलीबारे टिप्पणी गर्दै भ्रष्टाचार नियन्त्रणकाे अभियान पनि सञ्चालन गर्ने भएका छन् । पछिल्लाे समय सामाजिक सञ्जाल जीवनशैलीकाे हिस्सा बनिरहेकाे बेला यहि प्लेटफर्म करिअरकाे माध्यम पनि बनेकाे छ । सामाजिक सञ्जालकै प्लेटफर्म प्रयाेग गरेर मासिक लाखाैं कमाउनेहरु हजाराैं छन् ।
टिप्पणीहरू: