- असार ०६, २०८०
काठमाडौं । तीन दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै सेयर बजार परिसूचक नेप्से २७६१ मा कायम भएको छ ।
नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो ।
अधिकांश समूहका सूचक बढेका छन् ।
बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ तथा व्यापार ०.०५ प्रतिशत बढे ।
उत्पादन तथा प्रशोधन समूह भने जम्मा ०.०५ प्रतिशतले घटेकाे छ ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर छन् । साना किसान विकास बैंकको ५.२६, नेपाल पुनर्बीमा कम्पनीको ५.१०, माहुली लघुवित्तको ४.४८, उन्नति सहकार्य लघुवित्तको ४.२५, मिथिला लघुवित्तको ४.२५ तथा हिमालयन रिइन्स्योरेन्सको ३.३६ प्रतिशत मूल्य बढ्यो ।
टिप्पणीहरू: