- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।
रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए । आकांक्षीहरुमध्ये थापाले धेरै भाेट पाएकाे रास्वपाले जनाएकाे छ ।
टिप्पणीहरू: