बुधबार, २५ असार २०८२

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार


फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए।

रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकारले नसुनेकाे बताइन्। 

उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप संसद् बहिष्कार गरेको बताइन्।

यसैगरी, राप्रपाका सांसद अनिसा नेपालीले लामो समयदेखि संसद्मा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले नसुनेकाे बताइन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ