शनिबार, २४ साउन २०८२

करेन्ट लागेर गैँडाको मृत्यु


चितवन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे धानबारीमा करेन्ट लागेर गैंडा मरेको अवस्थामा भेटिएको हो । 

 गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ