- भदौ ०२, २०८१
काठमाडाैं । नायिका रेखा थापाले आमाकाे नामबाट नागरिकता पाउने स्थिति बनेकाेमा खुसी व्यक्त गरेकी छिन् ।
मंगलबार गृहमन्त्री रमेश लेखकलाई सिंहदरबार स्थित उनकै कार्यकक्षमा भेटेर नायिका थापाले गृहमन्त्री लेखकलाई धन्यवाद दिएकी छिन् । 'नेपाल सरकार एवम गृहमन्त्री ज्यु लाई यो साहासिक एवम ऐतिहासिक कदमका लागी धेरै धेरै बधाई तमाम नागरिकता बिहिन नेपाली नागरिकलाई धेरै बधाई महिला अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ ।' उनले भनेकी छिन् ।
रेखा थापाकाे स्टाटस
सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादा खेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवम गृहमन्त्री ज्यु लाई यो साहासिक एवम ऐतिहासिक कदमका लागी धेरै धेरै बधाई तमाम नागरिकता बिहिन नेपाली नागरिकलाई धेरै बधाई महिलाई अधिकारका क्षेत्रमा यो सुनौलो काम भएको छ ।
टिप्पणीहरू: