- असार ०६, २०८०
काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको बताएकी छन्।
मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन्।
कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान नपुगेकाे भन्दै पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाएकाे उनकाे भनाई थियाे।
'संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्। तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ। के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन', उनले भनिन्।
जनताको आकांक्षा पूरा हुन नसकेकाेमा चिन्तित भण्डारीले राजनीतिक दलहरूमा समस्यामा रहेकाे बताइन्। 'दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन्।
एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनले मदन भण्डारी फाउन्डेसनलाई थिंक ट्यांकको रूपमा अघि बढाइएको बताइन् र उनले जननेता भण्डारीको विचारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
टिप्पणीहरू: