- असार ०७, २०८०
बुटवल । रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको डिएसपी सुरज कार्कीले जानकारी दिए ।
कँडेल रास्वपाको बागमति प्रदेश समिति सल्लाहकार हुन् । उनले चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरेका छन् ।
यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए । यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो ।
टिप्पणीहरू: