बिहिबार, २२ साउन २०८२

रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्ने रास्वपाकाे निष्कर्ष


काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘कुलिङ अफ पिरियड’ विवादमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यस्ताे निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रवक्ता झाले कुलिङ पिरियडमा गरिएको गडबडीप्रति क्षमा याचना गर्दै सभापतिले राजीनामा दिनुपर्ने बताए।

सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिबाट आएको प्रतिवेदनले सभापति खतिवडामा नैतिक पतन र नालायकीपना दुवै देखाएको भन्दै अब सभापतिमा रहने नैतिक अधिकार नरहेकाे उनले बताए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ