मङ्गलबार, ०३ भदौ २०८२

उपसभामुखलाई हटाउन लागेकाेबारे प्रचण्ड- एमाले र कांग्रेसले गलत गर्दैछ, हामी विराेध गर्छाैँ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खाेजेर सरकारले गल्ती गरेकाे बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउन खाेजेर गल्ती गरेकाे बताएका हुन्।

उनले उपसभामुखलाई हटाउने प्रयास धेरै पहिलेदेखिकै रहेकाे भन्दै आफूहरूले यसकाे विरोध गर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेकाे सरकार बनेदेखि नै गल्तीबाहेक राम्राे काम नगरेकाे टिप्पणी गरे।

‘उहाँहरूकाे उपसभामुख हटाउने प्रयास धेरै पहिलेदेखिकै हाे। तर त्याे गलत गर्दै हुनुहुन्छ उहाँहरूले। गल्ती त उहाँहरूले गरी नै राख्नुभएकाे छ, याे सरकार बनेदेखि नै गल्तीबाहेक राम्राे काम गरेकै छैन’, उनले भने।

उपसभामुख रानामाथि लगाइएको आरोपकाे कुनै प्रमाण नभएको भन्दै कपोलकल्पित भएको बताए।

एउटा महिला, आदिवासी जनजाति महिला, सामाजिक सेवा, बच्चाकाे हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गरेकाे महिलालाई अहिले अनाहकमा हटाउने जाे काेसिस गर्नुभएकाे छ, गलत छ याे। हामी यसकाे विराेधमा छाैँ। हाम्राे विराेध हुन्छ’, उनले भने, ‘उहाँले गरेको भन्ने केही प्रमाण छैन, खाली त्यो कपोकल्पित हो।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ