- असार ०७, २०८०
काठमाडाैं । बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु भएकाे छ। जिल्लाको पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट मृत्यु भएको हो।
बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको छ ।
आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो। बारीमा मकै खान आएका एकसय बढी बाँदरले नेपालीलाई एक साथ आक्रमण गरेकाे थियाे ।
बाँदरको आक्रमणबाट अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो।
टिप्पणीहरू: