- असार ०६, २०८०
काठमाडाैं । लगातार घटेकाे शेयर बजार सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ ।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम भने घटेको छ । आज १० अर्ब ८२ करोडको भयो । याे काराेबार हिजाेकाे तुलनामा थाेरै हाे । आइतबार १३ अर्ब ७ कराेडकाे काराेबार भएकाे थियाे । १४० कम्पनीको मूल्य बढ्दा ११० को घटेकाे छ।
आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।
टिप्पणीहरू: