आइतबार, ०८ भदौ २०८२

बीकिनीमा मुन्नी


काठमाडाैं । र्यापर लिल क्लाउड को नयाँ र्याप गीत 'बेबी गर्ल' सार्वजनिक भएको छ।  

पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्।  यहि बीचमा रिलिज भएको 'बेबी गर्ल' मा प्रियाना आचार्य 'मुन्नी' र निमेश जंग थापा फिचर्ड रहेका छन्।  निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ।  

प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।  उनले पहिलोपटक आफु  बिकिनीमा  प्रस्तुत भएको र दर्शकले यो कोसिसलाई मन पराउने अपेक्षा राखेकी छिन्।  

भिडियोमा प्रियाना र निमेशको साथमा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकार प्रस्तुत रहेका छन्।  एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका छन्।

 फ्रिक स्ट्रीट डाएरिसको युट्युव च्यानलमा रिलिज भएको गीतलाई रोमन मार्सले खिचेका छन्।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ