- असार ०६, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवाद तर्फ गएकाे निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए।
‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।’ उनले भने ।
उनले आजको बैठकमा स्थायी कमिटी बैठकको निर्णय योजना कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए पनि भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।
टिप्पणीहरू: