मङ्गलबार, २४ भदौ २०८२

काठमाडाैँमा जेनजी पुस्ताकाे प्रदर्शन (तस्बिरहरू)


काठमाडौँ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले काठमाडाैँमा विरोध प्रदर्शन गरेकाे छ।

माइतीघर मण्डलामा भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन्। अहिले उनीहरूकाे प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर पुगेको छ।

‘जनताकाे कर नेताकाे दरबार? भ्रष्टाचार बन्द गर, डिग्री छ जागिर छैन, असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ