- भदौ ०२, २०८१
गत हप्ता, मैले मध्य गाजाको मेरो छिमेक अज–जावेदा नजिकै आकाशबाट सहायता सामग्री खसिरहेको देखेँ । न त म, न मेरा कुनै पनि छिमेकी त्यो सामग्री लिन जाने साहस गरे । किनकी हामीलाई थाहा थियो कि यो जमिनमा खस्ने बित्तिकै युद्ध सुरु हुनेछ । यदि सहायता सामग्री हावामै अड्किएको भए पनि लुटेराहरूबाट बच्ने थिएन ।
लगभग सधैं यस्तै दृश्य हुन्छ अचेल । विमानले आकाशबाट बाकसहरू खसाल्ने बित्तिकै भुईमा गोली चल्छ । हतियारधारी गिरोहहरू जमिनमा पर्खिरहेका छन्, उनी जबरजस्ती सामान लिएर जानका लागि तयारी अवस्थामा छन् । जो पहिले त्यहाँ पुग्छ, गोली चलाउँछ, त्यो खाना लिएर भाग्छ । जसका लागि यो खाना अति आवश्यक छ ति मान्छेले कहिल्यै खान पाउदैनन् ।
पछि, हामीले देइर अल–बलहको बजारमा पनि तिनै विमानले खसाएका तिनै सहायता बाकसहरू देख्यौं । ती सामग्रीहरू अत्यधिक महंगो मूल्यमा बिक्रीको लागि राखिएको थियो ।
मेरो सानो भाईले बिस्कुट खान मन ग-यो । त्यही सहायता प्याकेजहरु बजारमा बिक्रीका लागि राखिएको भेटेँ र मूल्य सोधें । एउटा बिस्कुटको मूल्य २० शेकेल थियो, जुन विस्कुट किन्न हाम्रो हैषियतले धान्दैन थियो ।
यसरी आकाशबाट खसालिएको सहायता सामग्रीले भोकाहरूको भोक मेटाउन त सकेन नै, बरु केहीलाई मा¥यो । सोमबार, विस्थापितहरूको लागि राखिएको पालमा माथिबाट खसालिएको प्यालेट ठोक्कियो र अल–अक्सा शहीद अस्पतालमा काम गर्ने चिकित्सक उदय अल–कुरानको मृत्यु भयो । एक हप्ता अघि, उत्तरी गाजामा खसालिएको प्यालेट पालमा ठोक्किँदा ११ जना घाइते भएका थिए ।
गत वर्ष, अन्य असफल एयरड्रपहरूमा पनि मानिसहरूको मृत्यु भएको थियो । गाजा शहरको शाती शरणार्थी शिविरमा प्यालेटको प्यारासुट नखुल्दा पाँच जनाको मृत्यु भयो भएको थियो । समुद्रमा खसेका बाकसहरूसम्म पुग्ने प्रयास गर्दा १२ जना डुबे । एयरड्रप भएको स्थानमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो ।
यसरी विमान मार्फत खाने कुरोको पोका भुइमा फ्याक्ने आइडिया इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फुराएका थिए । जसले यो प्रक्रियामा सहयोग गर्न विश्वलाई आह्वान गरेका थिए । धेरै सरकारहरूले उनको विचारलाई स्वागत गरे र केही यस अभियानमा सामेल भए । जोर्डन, संयुक्त अरब इमिरेट्स र युरोपेली देशहरू पनि समावेश थिए ।
नेतान्याहूलाई यो पनि थाहा छ त्यसरी विमानबाट खसालिएको सामग्रीले प्यालेस्टिनीहरूको भोकमरी रोक्दैन । उनले गाजामा स्थलमार्गहरू खोल्नुको सट्टा संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई निष्पक्ष र व्यवस्थित तरिकाले सहायता वितरण गर्न अनुमति दिनुको सट्टा उनीहरूलाई आह्वान गरे, जस्तै उनीहरूले सधैं गर्दै आएका छन् ।
भोकमरीको बारेमा केही राम्रै भइरहेको छ भनेर विश्वभरका जनता भ्रमित हुन सक्छन्, गाजा भित्र, यी एयरड्रपहरूलाई वास्तविक समस्या समाधान वा मानवीय इशाराको रूपमा हेरिएको छैन । यो केबल एउटा अपराध ढाकछोप गर्ने प्रयाश मात्रै हो ।
आकाशबाट केही बक्सहरू खसेको दृष्य खिचेर हजारौं ट्रकहरूलाई प्रवेश गर्नबाट रोकेर कडा घेराबन्दीमा राखिएको थियो । यो सबै भोकमरी बढाउने र इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब कम गर्ने रणनीतिक अंश मात्रै हो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, भोकमरीका कारण १८० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ, जसमा ९२ बालबालिका छन् ।
गाजामा मात्र होइन, विमानबाट खसालिएको खाद्य सामग्री राम्रो मानिदैन । २००१ मा अफगानिस्तानमा, विमानबाट खसालिएको सहायता क्लस्टर बम जस्तै प्याकेज गरिएको थियो । सिरियामा, घेराबन्दीमा परेको क्षेत्रमा विमानबाट खसालिएको सहायता भोकमरीले भरिएका नागरिकहरूसम्म पुग्न सकेन ।
यो कुरा सबैलाई थाहा छ । विमानबाट खसालेको खानाले काम गर्दैन । संयुक्त राष्ट्र संघले बारम्बार भनेको छ कि यो विधि अप्रभावी छ र जमिनमा डेलिभरी सुरक्षित राम्रो हुन्छ । एउटा ट्रकले प्यारासुट भन्दा चार देखि १० गुणा बढी सहायता बोक्न सक्छ । यो धेरै सस्तो पनि छ । सीमाको इजिप्टेली तर्फ हजारौं ट्रकहरू पर्खिरहेका छन्, मानिसहरूलाई खुवाउन र भोकमरीबाट हुने मृत्युलाई रोक्न ।
तर, गाजामा एउटा व्यर्थको दृश्य दोहोरि रहेको छ । यहाँका मान्छेलाई यो पनि थाहा छ आशाका साथ आकाशतिर हेरिरहनु हुँदैन । बम खसाल्ने आकाशले खाना खसाल्ने विश्वास गर्न सकिँदैन ।
यो ‘प्यारासुटसहितको मानवता’ संसारको लाज र चुपचाप भोकमरी हेर्ने निर्णयलाई ढाक्न प्रयोग गरिएको एउटा लवस्तरो शैली हो ।
गाजा केवल बमले घेरिएको छैन, झूट, मिलेमतो, रक्तपातपूर्ण नरसंहारलाई ढाक्ने नरम भाषाले पनि घेरिएको छ । जो कोही मौन बस्छ, जसले न्यायोचित ठहराउँछ, जसले हत्यारा र पीडितलाई समान व्यवहार गर्छ, त्यो यस अपराधमा साझेदार पनि हो ।
अनि हामी, प्यालेस्टिनीहरू, केवल पीडित मात्र होइनौं – हामी साक्षी हौं । हामी देख्छौं कि संसारले कारबाही गर्न अस्वीकार गर्छ, हामी देख्छौं कि देशहरूले इजरायललाई हतियार प्रदान गर्न, यससँग व्यापार गर्न, यसलाई कूटनीतिक आवरण दिन जारी राख्छन् । हामी देख्छौं कि सरकारहरूले नरसंहार गर्ने राष्ट्रमाथि अन्तर्राष्ट्रिय कानून अन्तर्गत गर्न बाध्य भए जस्तै प्रतिबन्धहरू नलाग्ने दयनीय बहानाहरू बनाउछन् ।
अनि भोलि, जब इतिहास लेखिनेछ, त्यो कूटनीतिको भाषामा व्यंग्य र बहानाबाजीसहित हुनेछैन । यो तथ्यको भाषामा हुनेछ जसमा प्यालेस्टिनीहरूको आमहत्या र भोकमरीमा संलग्नहरूको नाम स्पष्ट अक्षरमा लेखिएको हुनेछ ।
अलजजीराबाट
टिप्पणीहरू: