मङ्गलबार, २७ साउन २०८२

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत, पक्षमा ६३ मत


बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अविश्वासको प्राप्त पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । 

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा  आज ९२ जना सदस्य उपस्थित थिए। उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा  ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। 

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गरेकाे विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उनले घोषणा गरे ।  

 नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले आज विश्वासको मत लिएका हुन् । 

प्रदेशसभाको अर्काे बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ