- असार ०६, २०८०
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बर्खास्त गरेका हुन्।
चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्। आर्थिक चलखेलको अडिओ सार्वजनिक भएपछि मुख्यमन्त्री शाहको निर्देशनमा लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए। त्यसपछि नाउपाभित्र कस्लाई मन्त्री पठाउने भन्ने किचलोकै बीच रामेश्वरलाई दलका नेता घनश्याम चौधरीले सरकारमा पठाएका थिए।
मन्त्री चौधरीलाई खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको निर्देशकमा खेमराज जोशीलाई एकलौटी नियुक्ति गरेको, अनुदानमा पावरटिलर बाँड्न किसानबाट रकम असुलेको लगायत आरोप लागेकाे थियाे ।
टिप्पणीहरू: