- असार ०७, २०८०
काठमाडाैं । गायिका एलिना चौहानका विषयमा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने कवि गुन्जन राईलाई तीन दिन म्याद थप गरिएको छ। अब तीन दिन उनी थुनामै रहनेछन् ।
प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट आजै म्याद थप गरिएको हो।
एलिनाले दिएको उजुरीपछि राईलाई प्रहरीले ललितपुरको बाँडे गाउँबाट पक्राउ गरेको हो।
राई पक्राउ परेसँगै ब्युरोले एलिनाको जाहेरी लिएर थप अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका राईले ४०र५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ।
ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ।
काे हुन् गुन्जन राई
फेशबुकमा गुन्जन राई ब्राकेटभित्र आका अराजक बुद्ध भनेर प्राेफाइल बनाएका राईले आफ्ना वालमा भद्दा र अराजक टिप्पणी गर्दै आएका छन् ।
गायिका एलिना चाैहान, समिक्षा अधिकारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा पनि आपत्तिजनक टिप्पणी गरेका छन् । राई प्रज्ञा प्रतिष्ठानले आयाेजना गरेकाे कबिता प्रतियाेगितामा २५ मा परेका व्यक्ति हुन् ।
टिप्पणीहरू: