बिहिबार, १९ असार २०८२

एलिना चाैहानलाई गाली गर्ने चितवनका गुञ्जन राई पक्राउ


काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।

उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ