- भदौ ०२, २०८१
अमेरिकी हिप–हप स्टार सीन डिडी कम्ब्सलाई वेश्यावृत्तिको आरोपमा अदालतले दोषी ठहर गरेको छ ।
बीबीसीका अनुसार यस अघि पनि उनको बिरुद्ध हिंसा गरेको अभियोगमा उजुरी परेको थियो । आउदो अक्टोबरमा अदालतले सजाय सुनाउने भएको छ ।
न्यूयोर्क शहरको संघीय अदालतमा लगभग दुई महिना मुद्दा चल्यो । डिडीले आफ्नो स्टारडम प्रयोग गरेर यौन व्यवसाय गरेको आरोप छ ।
१२ जना निर्णायक मण्डलले १३ घण्टासम्म छलफल गरे । उनलाई लागेको पाँच गम्भीर आरोपहरूमध्ये तीनवटामा उनलाई निर्दोष ठहर गरे । अब डिड्डी त्यही संघीय जेलमा रहनेछन् जहाँ उनी गत सेप्टेम्बरदेखि छन्, सजायको सुनुवाइ अक्टोबर ३ मा हुने भएको छ ।
र्यापले घरेको हिंसा गरेको स्वीकारे पनि यौन व्यवसाय गरेको भने अस्वीकार गर्दै आएका छन् । तर, विपक्षी वकिलहरुले डिडीले आफ्ना स्टाफलाई प्रयोग गरेर यौन शोषण र अपहरण समेत गर्दै आएका छन् । सरकारी वकिलले ७ हप्तामा ३० भन्दा धेरै प्रमाण पेश गरेका थिए ।
टिप्पणीहरू: