सोमबार, १९ साउन २०८२

प्रदेश प्रमुखको कार्यालयमा पुग्याे मुख्यमन्त्री लामाकाे राजीनामा पत्र


काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाकाे राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस भएकाे छ।

सोमबार लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र पेस गरेका हुन्।

लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा घोषणा गरेका थिए। यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ