आइतबार, २२ भदौ २०८२

सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत


काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन्  । काठमाडाैंमा शनिकार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गरे । 

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गरे । 

यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका ममता थापाले १०८ मत प्राप्त गरिन् । समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।  

समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १४१, कमल धिताल (बाह्रखरी) १८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७,  राजु बास्कोटा (क्लिकमाण्डु) १५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मतसहित निर्वाचित भएका छन् । 

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरे । त्यस अवसरमा उनले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे । 

झाको नेतृत्वमा अधिवक्ता सन्तोष तिवारी, रामप्रसाद दाहालसहित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।  सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ