बिहिबार, २६ असार २०८२

प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न लगाएर बालेनले बाेलाए कार्यपालिका बैठक


काठमाडाैं ।  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने भएको छ। 

महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको एक जना जनप्रतिनिधीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतसँग पानी बाराबारकाे स्थितिमा रहेका बालेनले कार्यपालिका बस्नको लागि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बसाउने व्यवस्था गरेका छन् ।

मेयर शाहले कार्यकारीसँग नबस्ने अडान राखेपछि प्रमुख प्रशासकिय अधिकृत गुरागाईले आफु विदा बसेर मेयरलाई बाटाे खुलाइदिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले  महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडाैं महानगरपालिकामा छ महिनादेखि वैठक बसेकाे छैन । काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि वैठक बस्न सकेकाे छैन ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ