- असार ०६, २०८०
काठमाडाैं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकमा विश्वासकाे मत दिने विषयमा सहमति जुटेको हो।
लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त बानियाँले मानेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो।
बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन्। त्यस्तै एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपालमजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य छन्।
विश्वासको मत लिन ५६ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । बानियाकै समुहले समर्थन फिर्ता लिएपछि लामा पदमुक्त भएका थिए ।
टिप्पणीहरू: