शुक्रबार, २० असार २०८२

एसपीलाई गालीगलौज गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडाैँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हाे।

मधेश प्रदेशका अध्यक्ष रहेका यादवविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएकाे छ।

अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई ‘लुटेरा’ भन्दै धम्क्याएका थिए। उनले एसपीलाई गालीगलौज गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ