सोमबार, १९ साउन २०८२

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्याे


काठमाडाैं ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।

ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि पहिलाे चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ