बिहिबार, २६ असार २०८२

६१ वर्षीय दुवाडी दुई दिनदेखि सम्पर्क विहीन


काठमाडौं । धादिङ नीलकण्ठ नगरपालिकाका एक पुरुष सम्पर्क विहीन भएपछि परिवारका सदस्य तनावमा छन् ।

नीलकण्ठ नगरपालिका वडा नं ८ मुरलीभन्ज्याङ निवासी ६१ वर्षीय भरत दुवाडी सोमवारदेखि सम्पर्क विहीन भएको परिवारका सदस्यको भनाई छ ।  दुवाडी सम्पर्क विहीन भए लगत्तै आफन्त एवं शुभचिन्तकले सामाजिक सञ्जाल मार्फत खोजी कार्य जारी राखेका छन् ।

सामाजिक सञ्जालमा सम्पर्क विहीन दुवाडीको तस्विर सहित सुचनामा भनिएको छ ‘बिहान ११ बजे आफ्नै घरबाट निस्कनु भएका तर, अहिलेसम्म सम्पर्कमा नआउनु भएकाले कसैले कुनै जानकारी पाउनु भएमा परिवारका सदस्यसंग सम्पर्क गराइदिनु होला ।’
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ