सोमबार, २३ असार २०८२

स्पेन भ्रमणले नेपालको अन्तरराष्ट्रिय छवि उँचो भएको छ: प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलनका अवसरबाट नेपालको वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनाका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउँदै सम्मेलनमा आफूले गरेको सम्बोधन, भएका भेटवार्ता र साइडलाइन बैठकले नेपालको अन्तरराष्ट्रिय छवि उँचो भएको बताए।

‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आह्वान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तरराष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक साबित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ