शुक्रबार, २० असार २०८२

माधव नेपालविरुद्ध बाेलेपछि एकीकृत समाजवादीले माग्याे रामकुमारीसँग स्पष्टीकरण


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई बुधबार पार्टीले स्पष्टीकरण सोधेको हो।

गत शनिबार नेतृ झाँक्रीले अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेकाेले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर ‘काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने’ भनेर दिएको अभिव्यक्ति दिएकी थिइन्।

उनको उक्त अभिव्यक्ति कुनै पनि हालतमा जायज नहुने भन्दै नेकपा एसभित्र चर्काे आलाेचना भएकाे थियाे। झाँक्रीलाई कारबाही हुनुपर्ने नेताहरूकाे मतपछि पार्टीकाे अनुशासन आयोगले स्पष्टीकरण सोधेको हाे। आयोगले उनलाई तीन दिनभित्र जवाफ पठाउन भनेकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ