- असार ०६, २०८०
काठमाडौँ। नेकपा एमालेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेकाे छ।
बुधबार बसेकाे समितिको बैठकमा एमाले सांसद पदम गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन्।
‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो। प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ। हेर्ने अन्तिम दायित्व उहाँहरूको हो’, उनले भने, ‘जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।’
सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा समितिको निर्णय तोडमोड भएका सम्बन्धमा चाैतर्फी विराेध भइरहेकाे छ।
टिप्पणीहरू: