- असार ०७, २०८०
काठमाडाैं। बूढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।
बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए।
दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ।
उनीहरुलाई शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले राति मृत घोषणा गरेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ।
उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन्। एक जनाको सनाखतसमेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई बूढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन्।
पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ। उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: