- असार ०६, २०८०
काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएकाे छ।
दुई पार्टीका शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएकाे छ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन्।
यसैगरी कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी छन्।
टिप्पणीहरू: