सोमबार, २३ असार २०८२

यी हुन् 'कुलिङ पिरियड'बारे छानबिन समितिका सदस्यहरु


काठमाडौं । निजामती विधेयकको 'कुलिङ पिरियड'मा भएको चलखेलबारे संसदीय छानबिन समितिका  लागि नाम टुंगाे लागेकाे छ ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट समितीमा रहने सात सांसदको नाम टुंगिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायण आचार्य र ईश्वरी घर्ती रहनेछन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रोशन कार्की रहनेछन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ