सोमबार, ०२ भदौ २०८२

चैत १५ गते मलाई तीनकुनेमा मार्ने याेजना रहेछ: दुर्गा प्रसाईं


काठमाडाैँ। डिल्लीबजार कारागारबाट केहीदिनअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा आफूलाई मार्ने याेजना रहेकाे दाबी गरेका छन्।

सोमबार गरेको पत्रकार सम्मेलनमा गरेर प्रसाईंले आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै पाएकाे दाबी गरे।

‘मलाई अघिल्लै दिन बेलुका सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुन्छ, तँलाई मार्ने याेजना छ भनेर भनेकाे थियाे। तर कसरी हुन्छ भन्ने थाहा थिएन’, उनले भने।

‘चैत १५ गते हामीलाई मार्छन् भन्ने याेजना मलाई त्यही दिन राति थाहा थियाे। तर पनि म नभनिकन गएँ। मैले भनेर गयाे भने काेही आउँदैनन्। म तयारीका साथ गएकाे थिएँ। तर मलाई त्यहाँ गएर बाँच्नु थियाे। म जानेबित्तिकै मञ्चकाे पडाडिकाे घरबाट गाेली प्रहार भएकाे थियाे मलाई’, उनले भने, ‘त्यसपछि म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ