- असार ०७, २०८०
काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं केरुङ रेलको कुरा गर्दा सबै प्रश्न गर्नेहरु मध्ये सबै भन्दा चर्को स्वरमा प्रश्न गरेका थिए डा. रामेश कोइरालाले ।
ओलीले बोलेको कुरामा प्रश्न गरेको भन्दै कतिपय एमाले कार्यकर्ताले उनलाई ‘अराष्ट्रिय तत्व’ भन्न पनि बाँकी राखेनन् । ओलीले रेल आउछ भनिरहँदा उनले तर्कसहित यसकारण सम्भव छैन भनिरहे । आजको मितिलाई मान्ने हो भने उनी ठिक ओली बेठिक भन्दा अत्युक्ति हुँदैन । किनकी ओली चौथो पटक प्रधानमन्त्री बनिसके तर, रेल आउने सुरसार छैन ।
अहिले फेरि रामेश चर्चामा छन् । उनको चर्चा रेलको कुराले भएको होइन । उनको चर्चा यसकारण भयो उनले देश छाडे । सामाजिक सञ्जाल फेशबुकबाटै राजीनामा घोषणा गरे ।
काठमाडौंको बासबारी स्थित शहीद गंगालाल अस्पतालका कार्डियोभास्कुलर विभाग प्रमुख एवं वरिष्ट कन्सल्टेन्ट कार्डियाक सर्जन थिए । उनी कुनै पनि विश्वविद्यालयका लागि उपकुलपति पदका लागि योग्य थिए । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उनलाई उपकुलपति बनाउने प्रयाश गरे पनि परराष्ट्रमन्त्री समेत रहेकी डा. आरजु राणाले उनलाई उपकुलपति नबनाउने अडान लिएकाले उनले देश छाडेको अनुमान पनि गरिएको छ ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् 'र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम ।'
टिप्पणीहरू: