- असार ०६, २०८०
काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंकले घटेको छ । नेप्से परिसूचक २८५८ अंकमा झरेको छ ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो । सबै समूहका सूचक घटेका छन् ।
अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।
दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
टिप्पणीहरू: