शनिबार, २१ भदौ २०८२

सामाजिक संजालले पनि नेपालकाे कानुन मान्नु पर्छ : धनराज गुरुङ


काठमाडौ। नेपालमा दर्ता नभएका सामाजिक संजाल बन्द गर्ने सरकारले निर्णय गरेपछि यसका बिषयमा विभिन्न बिचारहरु आएका छन् । यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति पुर्व कानुन मन्त्री धनराज गुरुङले देशभर संचालन हुने चिया पसल देखि सामाजिक संजालले कानुन मान्नुपर्ने बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको शुक्रबार देखि प्रधान कार्यालयमा सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले कानुन सबैले मान्नुपर्ने बताए । "सानो चिया पसल चलाउदा दर्ता गर्नुपर्ने यत्रो सामाजिक संजाल संचालन गर्दा दर्ता गर्नु पर्दैन रु" उनको प्रश्न थियो ।

पछिल्लो समय नेताहरु स्टण्टकाे पछि लागेको उल्लेख गर्दै स्टण्ड दीर्घकालीन समस्याको समाधान नहुने बताए । सामाजिक संजाल टिकटकको उदाहरण दिदै उनले केही महिना लागि बन्द भएको टिकटक दर्ता भएपछि पुन सुचारु भएको उल्लेख गरे । "म कानुन मन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुन संचाल भयो " उनको भनाइ थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ