बिहिबार, २६ असार २०८२

शेखर समूहकाे निष्कर्ष- संस्थापनले गरेको कारबाही वैधानिक छैन


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी संस्थापनपक्षले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ।

बिहिबार बिहान नेता कोइरालाको सम्पर्क कार्यालयमा विशालनगरमा बसेको बैठकले आफ्नाे समूहका नेताहरूमाथि गरिएकाे कारबाही वैधानिक निष्कर्ष निकालेको हाे।

कोइराला समूहका नेता राजेन्द्र बजगाईंका अनुसार विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गर्नुपर्ने भएपनि त्यसअनुरूप नभएकोले वैधानिक छैन भन्ने कुरामा बैठकमा छलफल भएकाे बताए।

‘विधानतः याे कारबाही ठीक छ कि छैन भन्ने विषयमा कुराकानी भयाे। विधानले चाहिँ उजुरी, निवेदन परेको समय अवधिको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने, त्यो पनि घन्टा मिनेट गनेरै ६ महिना पुग्नुपर्ने भनेर लेखेकाे रहेछ, त्यसअनुरूप नभएको भएर यो वैधानिक छैन भन्ने कुरामा छलफल भयो,’ उनले भने।

नेता बजगाईंले पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिएपछि बृहत् भेला गर्नेबारे छलफल भएकाे समेत बताए।

‘यो कारबाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भंग गर्‍यो भन्ने विषयमा छलफल चलेको छ। पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिएपछि बृहत् भेला गर्नेबारे छलफल गरिएकाे छ’, उनले भने। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ