- असार ०६, २०८०
काठमाडौँ। भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले ठुलो क्षति भएकाे छ। खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको भारतीय पत्रिका दैनिक भाष्करकाे अनलाइन संस्करणले उल्लेख गरेकाे छ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ। बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो। सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ।
बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सो क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ। क्षतिको विवरण आइसकेकाे छैन।
टिप्पणीहरू: