शुक्रबार, २७ भदौ २०८२

राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्न दाेस्राे तहका नेताहरुकाे माग


काठमाडाैं ।  प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूले जेनजीको भावनाअनुरूप राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरमा ल्याउन उच्चस्तरीय आयोग गठनको माग गरेका छन् । 

संविधान सम्मत अन्तरिम सरकार गठनसँगै शक्तिशाली आयाेग गठन गर्न आव्हान गरेका हुन् । 

कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एस, जनता समाजवादी पार्टीका दोस्रो तहका नेताका साथै स्वतन्त्र समेत १६ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टीमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न नसक्नुमा आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना समेत गरेका छन् ।

उनीहरूले अन्तरिम सरकार गठनपछि आन्दोलनको क्रममा भएको जनधनको क्षति,सार्वजनिक तथा निजी सम्पत्तिको क्षति,व्यक्ति केन्द्रित हमलाको समग्र छानबिन गरी दोषी यकिन गर्न र उनीहरूलाई कानूनको दायरमा ल्याउन शक्तिशाली आयोग गठन हुनुपर्ने बताएका छन् ।

संविधानमा सुधार गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन तथा राजनीतिक दलभित्रको सुधाकार लागि कानून परिमार्जनमा उनीहरूले जोड दिएका छन् ।

वक्तव्य जारी गर्ने नेताहरु :

मिनेन्द्र रिजाल, नेता नेपाली कांग्रेस

सुरेन्द्र प्रसाद पाण्डे, उपाध्यक्ष नेकपा एमाले

धनश्याम भुसाल, महासचिव नेकपा एस

जनार्दन शर्मा, उपमहासचिव माओवादी केन्द्र

सन्तोष परियार, प्रमुख सचेतक रास्वपा

राजकिशोर यादव, नेता जसपा नेपाल

अमरेश सिङ, स्वतन्त्र सांसद

गोकर्ण विष्ट, सचिव नेकपा एमाले

रामकुमारी झाक्री, नेकपा एस

प्रकाश ज्वाला, उपाध्यक्ष नेकपा एस

एनपी साउद, नेता नेपाली कांग्रेस

देवेन्द्र पौडेल, सचिव माओवादी केन्द्र

सुदन किराती, माओवादी केन्द्र

अमनलाल मोदी, माओवादी केन्द्र

चन्द्र भण्डारी, नेपाली कांग्रेस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ