आइतबार, ०१ भदौ २०८२

नाउपाकाे अध्यक्षमा रञ्जिता नै कायम, निर्वाचन आयोगले दिएन लालवीरलाई मान्यता


फाइल तस्बिर

काठमाडाैँ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने ठहर गरेको छ।

आयोगको मंगलबार बसेकाे बैठकले नाउपाकाे अध्यक्ष श्रेष्ठ नै रहेकाे ठहर गरेकाे हाे।

साउन १४ र १५ गते काठमाडौंमा भएकाे राष्ट्रिय भेलाले अध्यक्षबाट रञ्जितालाई बर्खास्त गरेर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियाे।

नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो। तर आयोगले लालवीरलाई अध्यक्षका रूपमा मान्यता नदिइएको हो।

लालवीर नाउपाका संस्थापक अध्यक्ष रेशम चाैधरीका बुवा हुन् भने श्रेष्ठ पत्नी हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ