- असार ०६, २०८०
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरेर बोल्दै उनले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पारे।
‘समितिका सदस्यको मनसायअनुसार विधेयक प्रतिवेदन तयार हुँदा त्रुटि हुन गएको साँचो हो, विधायकी मनसाय ‘कुलिङ अफ पिरियड’ राख्नु नै हो, तर विधेयक प्रतिवेदन लेखनमा त्रुटि भएको देखिन्छ’, उनले भने, ‘त्यो त्रुटि मबाट र राज्य व्यवस्था समितिबाट होइन।’
टिप्पणीहरू: