- भदौ ०२, २०८१
मुम्बई । बलिउड नायिका प्रियंका चोपडाले अभिनयकै प्रभावले बलिउडदेखि हलिउडसम्म गहिरो छाप छोडेकी छिन् । ग्लोबल स्टारको रूपमा परिचित प्रियंका आज बलिउडकी उत्कृष्ट अभिनेत्रीहरू मध्ये एक हुन् ।
अहिले प्रियंका विलासी जीवनशैली बिताइरहने विश्वका सिमित मान्छे मध्ये पर्छिन् । यो स्थिती आउनुमा उनको कडा परिश्रम, पीडा र साहसका कथा बिर्सन सकिँदैन । मिस वल्र्डको उपाधि जितेपछि पनि प्रियंकाले बलिउडमा हेपिएको व्यवहार महसुस् गरेकी थिइन् ।
कहिले उनको कालो रंगको मजाक उडाइन्थ्यो, कहिले उनलाई कालो बिरालो र काली भनिन्थ्यो । निर्देशकको व्यवहार मन नपरेकै कारण उनले केही फिल्म छोडिन् पनि ।
आज प्रियंकाले ४३ औं जन्मदिन मनाइरहेकी छिन् । प्रियंका चोपडाले रिड द रुम पोडकास्टमा बलिउडमा आफूले सामना गरेका अप्ठ्याराहरुका बारेमा कुरा गरेकी छिन् । ‘धेरै कारणले गर्दा मलाई रिजेक्ट गरियो । कहिलेकाहीँ मलाई भनिन्थ्यो कि तिमी यो भूमिकाको लागि उपयुक्त छैनौ ।’
कहिले पक्षधरता कारण त कहिले कसैको प्रेमिकाका कारण प्रियंकालाई फिल्ममा काम दिइएन । बलिउड फिल्म उद्योमा एउटा समय यतिसम्म भएको थियो । प्रियंकासँग कोही काम गर्नै चाहदैन थे । करिअरको सुरुवाती डेढ वर्ष उनले निकै संघर्ष गर्नु प-यो ।
काली भनेर खिल्ली उडाइयो
यति मात्र होइन, आफ्नो करियरको सुरुवातमा, प्रियंका चोपडाले आफ्नो कालो रंग र पातलो शरीरको लागि धेरै आलोचना सामना गर्नुपरेको थियो ।
प्रियंका चोपडा आफैंले एक अन्तर्वार्तामा भनेकी थिइन् ‘मेरो रंगको कारण मलाई मेरो कालो शरीरसँग लज्जित हुनुप-यो ।’
प्रियंका चोपडाले अभिनेत्री स्मिता जयकरसँग फिल्म ‘किस्मत’ मा काम गरिन् । स्मिताले यस फिल्ममा प्रियंकाको आमाको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मी मन्त्र मिडियासँगको कुराकानीमा स्मिता जयकरले भनिन् ।
जब मैले पहिलो पटक प्रियंकालाई देखेँ, उनी धेरै पातली र काली थिइन् मैले भनेँ, ‘हे भगवान, मानिसहरू कसरी हिरोइन बन्छन् । तर, पछि मलाई पछुतो लाग्यो । कसैको भाग्य कहिले बदलिन्छ भनेर कसैले भन्न सक्दैन ।’
फिल्म उद्योगमा नयाँ भए पनि, एक निर्देशकको नराम्रो व्यवहारका कारण प्रियंका फिल्म छोडिन् । उनले आफ्नो आत्मकथा ‘अनफिनिस्ड’ मा यो कुरा खुलासा गरेकी छिन् ।
अभिनेत्रीले आफ्नो आत्मकथामा निर्देशकले नराम्रो व्यवहार गरेको बताएकी छिन्, जसका कारण उनले फिल्म बीचैमा छोडेकी थिइन्, तर त्यसपछि उनले कारण कसैलाई भनेकी छैनन् ।
टिप्पणीहरू: