बिहिबार, २६ भदौ २०८२

राष्ट्रपति पौडेलले भने- मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गरिरहेको बताएका छन्।

बिहीबार एकविज्ञप्ति जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराएका हुन्।

राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको विषयमा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ