- असार ०७, २०८०
काठमाडौं। सर्वोच्च अदालतले ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्धको फैसला आज सुनाउने भएकाे छ।
यसअघि जेठ २८ गते नै फैसला सुनाउने भनिए पनि आज असार १८ गतेलाई सारिएको थियो। फैसलाबारे निर्णय गर्न संवैधानिक इजलासका सबै न्यायाधीशहरू छलफलमा जुटेका छन्।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो। अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइबिना उनीहरूको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।
टिप्पणीहरू: