- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडाैँ। सप्तरीमा प्रहरीले गोली चलाएर दुई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
आइतबार बिहान विष्णुपुर गाउँपालिका-१ बडिबिरपुरमा प्रहरीले गोली चलाएर दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा बडिविरपुरका विशाल राय र डाक्नेश्वरीका मनोज राय रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएकाे छ।
टिप्पणीहरू: