- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन् ।
सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ ।
भदौ दोस्रो साता हुने सो शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ ।
शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।
टिप्पणीहरू: