बिहिबार, १५ साउन २०८२

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित


काठमाडाैँ। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्।

बुधबार प्रदेशसभा सचिवालयमा भएका दलकाे निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।

निर्वाचनमा कांग्रेसका कुल ३७ प्रदेशसभा सदस्यले मतदान गरेकाेमा बानियाँले २२ र लामाले १४ मत प्राप्त गरे। एक मत भने बदर भएको छ।

निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए। यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो। 

तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेता निर्वाचित भएका थिए बानियाँले १६ मत प्राप्त गरेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ