- भदौ ०२, २०८१
काठमाडाैं । मृतकका सम्झनामा आफन्तजनले काठमाडौँको बसन्तपुरमा आज गाईजात्रा निकालेका छन् ।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न द्रव्य दान दिने चलन छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ ।
तस्बिर : रासस
टिप्पणीहरू: